बुधबार, बैशाख १२, २०८१

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि बादल र देवकोटा र तामाङको उम्मेदवारी दर्ता

काठमाडौं बैशाख २४,
आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा आज गृहमन्त्री रामबहादुर थापा डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले उम्मेदवारीपत्र मनोनयन दर्ता गराउनुभएको हो ।

वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आजको कार्यतालिका अनुरुप उहाँहरुले आज उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यस्तै गृहमन्त्री थापाले नेकपा एमालेका तर्फबाट, देवकोटाले नेपाली काँग्रेस र माओवादी केन्द्र माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको समर्थनमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै तामाङले नेपाल मजदूर किसान पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको निर्वाच समितिको कार्यालयले जनाएको छ ।

प्रस्तुत निर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित २३८ जना गरी ३४८मतदाताले मतदान गर्ने भएको छ ।