आइतवार, जेष्ठ ३०, २०७८

बाँकेका जिल्ला अध्यक्ष मल्लको निधन, बिश्व हिन्दु युवा संघ स्तब्ध

काठमाडौँ बैशाख २४ ,
बिश्व हिन्दु युवा सघले बाँकेका जिल्ला अध्यक्ष सुरज राज मल्लको असामयिक निधनको खबरले स्तब्ध भएका जनाएकोछ ।

संघका केन्द्रीय अध्यक्ष ऋषिकेजंग शाहले जारी गर्न भएको शोकविज्ञप्तिमा स्वर्गिय मल्लको निधनले बिश्व हिन्दु युवा सघ र समग्र पूर्बिय दर्शनको आन्दोलनलाइ अपुरणिय क्षति उल्लेख गर्दै स्वर्गिय आत्माको चिरशान्तीको कामना गर्नुभएको छ। साथै शोकको यस दु:खद घडिमा शोकाकुल मल्ल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने प्रार्थना सहित गहिरो समवेदना प्रकट गर्नुभएकोछ ।

त्यस्तै बाँके जिल्ला अध्यक्ष मल्लको असामयिक निधन भएकोले बिश्व हिन्दु युवा सघले शुक्तवार आयोजना गर्ने भनिएको सवै कार्यक्रम समेत स्थगित गरिएको जानकारीदिनुभएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु