शनिबार, बैशाख ८, २०८१

कोभिड संक्रमित पत्रकारका लागि महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन

काठमाडौ बैशाख २३,
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोभिड संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।महासंघमा रहेको पत्रकार आवास गृहमा तत्कालका लागि ५ वेड सहितको आइसोलेसन सेन्टर स्थापना गरिएको र थप अरु ५ बेड तयारीको अन्तिम चरणमा रहेको महासंघले जनाएको छ ।

महासंघद्दारा जारी विज्ञप्त्मिा हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने मेक्सिम इन्टरनेसनल ट्रेडिङ्का प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीका तर्फबाट दुईवटा सिलिण्ड प्राप्त भएको महासंघले जनाएको छ । त्यस्तै विज्ञप्तिमा प्राप्त पछिल्लो डेटा अनुसार देशभर ६ सय ५० पत्रकार कोभिड संक्रमित भएका छन् यसमध्ये २५२ जना सक्रिय संक्रमित रहेको जनाएको छ।

जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चि ३० र उपत्यका तीनवटा प्रदेशमा ११७ जना संक्रमित रहेको उल्ल्ेख गरिएको छ। साथै संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचाररत भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ । महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोभिड संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरेको छ ।