शुक्रबार, चैत्र १६, २०८०

अक्सिजनको कालोबजारी गर्नेलाइ कडा कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं बैशाख २३ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सङ्क्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजनको कालोबजारी भएको निष्कर्ष त्यस्ता कार्यमा संल्ग्न जो कोहिलाइ पनि अनुगमन गरी कडा कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय अक्सिजन सिलिण्डरको कृतिम अभाव सिर्जना भएको गुनासो आएसंगै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

त्यस्तै मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्दारा जारी विज्ञप्तिमासरकारको निर्णय विपरीत अझै पनि अक्सिजन उद्योगधन्दामा प्रयोग गर्ने गरेको पाइएको मन्त्रालयको अनुगमनमा फेला परेको जनाउँदै धेरै खाली सिलिण्डर र अक्सिजनसहितका सिलिण्डर भण्डारण गरी राखेको अवस्थामा पाएको भन्दै उद्योगव्यवसायी र सरोकारवालालाई तत्काल कोभिड अस्पताललाई उपलव्ध गराउन परिपत्र गरेको उल्लेख गरिएको छ। साथै सरकारको निर्णय उल्लङ्घन गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अन्र्तगत कडा कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।