शुक्रबार, चैत्र १६, २०८०

रेम्डेसिभिरका कालाबजारी रफिक मिया रङ्गेहात पक्राउ

काठमाडौं बैशाख २३ ,
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोभिड–१९ सङ्क्रमितको रफ्तार बढेसंगै आपतकालीन अवस्थामा रहेका संक्रमितको उपचारका लागि प्रयोग हुने ‘रेम्डेसिभिर’को कालोबजारी गरेको आरोपमा गोरखाको आरुघाट घर भई काठमाडौं बस्दै आएका रफिक मियालाई पक्राउ गरेको छ ।

महाशाखाले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर महाराजगञ्ज टिचिङ अस्पताल अगाडि रहेको सेवक फर्माका सञ्चालक दीपक ढकालसंग खरिद गरि रफिकले परलमुल्य भन्दा महँगोमा बेच्दै ढकाल र रफिकले मिलेमतोमा कालोबजारी गर्दै आएको जनाएको छ ।

त्यसक्रममा भारु २४ हजार पर्ने रेमडिसिभिरलाई रफिकले १ लाख २० हजार रुपैयाँमा बेच्ने गरेको जनाउनुको अलावा निजको साथबाट उल्लेख्यमात्रामा रेरेम्डेसिभिर समेत बरादम गरेको जनाउदै रफिकका मतियार ढकाल भने फरार भएकोले उनको खोजी भइरहेको जनाएको छ।