शुक्रबार, चैत्र १६, २०८०

पल्स अक्सिमिटर, मास्क, स्यानिटाइजर देखि रेम्डेसिभिरको लुट धन्दाका कारण सेवाग्राही मारमा

रेम्डेसिभिरको प्रयोग आफैमा आशातित रुपमा प्रभावकारी नभएको डब्लु एचओको भनाइ
रेम्डिसिभिर कोभिड संक्रमितका लागि अचुक औषधि होइन : विभाग

  • श्रीजन झा

काठमाडौं बैशाख २३ ,

पछिल्लो समय मुलुकमा संक्रमणको उच्च जोखिम बढेसंगै अक्सिजनको लेवल मापन गर्न हरेक घरको आवश्यकता बनेको पल्स अक्सिमिटरको बजार मुल्य कोभिड संक्रमणको रफ्तार जस्तै बढेको छ । विज्ञहरुको सुझाव अनुसार कोभिड संक्रमणको लक्षण अन्र्तगत स्वास्प्रश्वास प्रणालीमा समस्या भए नभएको जानकारी लिन अत्यन्त प्रभावकारी ठहर गरिएको  गुणस्तरिय  पल्स  अक्सिमिटर नामक डिवाइस सर्जिकल हाउस देखि औषधि बजारमा प्रति गोटा रु ८ सय देखि बढिमा १२ सय सम्म सहजै खरिद गर्न सकिन्थ्यो ।

तर पछिल्लो समय औषधिको मुख्य व्यापरिक हव क्षेत्रपाटी स्थित सर्जिकल हाउस देखि खुद्रा दुकानदारकोमा अक्सिमिटर खरिद गर्न गयौं भने पहिले व्यवसायीले ग्राहकलाइ तल देखि माथिसम्म अप्रत्यक्ष नियाल्छ । त्यसपछि अक्सिमिटरको मुल्य बताउदै हाम्रोमा एकवर्ष वारेण्टी भएको रु २ हजार देखि ५ हजारसम्मका अक्सिमटिर उपलब्ध छ , कुन चाँहि दिने हो भन्दै प्रतिप्रश्न गर्न थाल्छन । यसवीचमा ग्राहले विना मोलमोलाइ यो वा त्यो दिनुस भन्दै समान लियौ भने विना विलको अक्सिमिटर सर्लक्क पाइन्छ । तर विल माग्यो वा किन यति  महङ्गो भन्दै प्रश्न गर्यो भने अक्सिमिटर नामक डिवाइस किन्ने कुरा  त त्यस्तै हो, हेर्न समेत नपाउने स्थिती सिर्जना भएको डिवाइस किन्नका लागि विगत दुइ दिन देखि औषधिको बजार घुम्दै गरेका एक ग्राहकले हामीसंग गुनासो गरे । त्यसलगत्तै यस सम्बन्धमा अुनगमन गर्नका लागि हाम्रा प्रतिनिधी क्षत्रपाटीस्थित विभिन्न सर्जिकल हाउसमा पुग्दा ती ग्राहकले जुन गुनासा गरेको थियो नभन्दै  त्यहि पिडासंग साक्षात्कार गर्ने अवसर पायौं ।

उपभोक्ताको नियती संगै नियमक निकायको गैर जिम्मेवारीपनका कारण विषम अवस्थाको मौका छोप्दै  जुगाले रगत चुसेजस्तै लुट धन्दा सञ्चालन गर्ने कालाबजारी हरियो घाँसका हरिया सर्पजस्तै सलबनाइ रहेका कालाबजारी उपर नियमक नियकाबाट हुने गरेको कर्मकाण्डी नियमनका कारण उपभोक्ता भने थप आर्थिक लुटको चपेटामा रुमलिन बाध्य हँदै आएका छन ।  यहाँसम्की रु ८ सय देखि बढिमा १ हजार दुइसयमा खरिद विक्रि हुने पल्स अक्सिमिटर नामक डिवाइसको लुट धन्दा त प्रतिनिधी मुलक घटनामात्रै हो । यस्ता अनगिन्ती घटनाहरु छन जुन घटनामा नियमक निकायले तदारुकता देखाउँने हो भने धेरै हदसम्म कालाबजारीहरुलाइ तह लगाउँन कुनै समय लाग्दैन ।

तर जुन जोगी आएपनि कानै चिरेको भने जस्तै कारवाहीको प्रसंग सहित औषधि बजारमा हुँदै आएको अनियमिताको खवर सार्वजनिक गर्दा कालाबजारीलाइ कारवाहीको दायरमा लिनु भन्दा पनि सञ्चारमाध्यमलाइ नेगेटिम समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमको दर्जानीमा सूचिकृत गर्दै कालाबजारी संग चोचोमोचो मिलाउनमै व्यस्त हुन्छ हाम्रा नियमक नियका जिम्मेवार अधिकारीहरु । साथै कुनै सूचना माग्न टेलिफोन सम्पर्क गर्दा कित टेलिफोन नै रिसिभ गर्दैन , गर्यो भने पनि झोकिदै नेगेटिभ समाचार लेख्ने सञ्चारमाध्यम भन्दै जानकारी समेत दिन समेत आनाकानी गर्छन ति अधिकारीहरु । यद्यपी समयमानै पल्स अक्सिमिटर नामक डिवाइसमा नाममा हुँदै आएको लुट धन्दालाइ समयमानै सम्बोधन नगर्ने हो भने समस्या थप विकराल बन्ने प्राय निश्चित रहेको छ ।
मास्क :

मुलुकमा कोभिड संक्रमण भित्रिएतादेखि पछिल्लो समय मास्कको कालोबजारी गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रूपैयाँ जरिवानासहितको कारवाही गरेको दृष्टान्त्लाइ हेर्ने हो भने पनि संकटको समयमा मास्क व्यवसायनाममा भएका कैयन कालाबजारी र लुटको धन्दा चलाउदै कसरी व्यवसायीले आफुलाइ सम्पन्न बनाए भने  यर्थाथता घाम जस्तै छर्लङ्ग रहेको छ । यसवीचमा लुट धन्दा गर्न पल्केको व्यवसायीको व्यवसायिक केन्द्रमा छापा मादै नियमक निकायले कारवाही नगरेको भने होइन । तर अर्थ प्रभावका कारण गरिएका कारवाही कर्मकाण्डी भएका कारणमात्र समस्या सिर्जना भएको हो भन्ने जनजनको बुझाइ रहेको छ।

स्यानिटाइजर :

कोभिड संक्रमणको जोखिमबाट जोगिन प्रयोग हुने स्यानिटाइजरका विषयमा पनि त्यस्तै मुलुकमा गुणस्तर र गुणस्तर हिन देखि मानव स्वास्थ्यका लागि हानीकारक रहेको रसायनको मिश्रण सहितको स्यानिटाइजर उत्पादन गर्दै आर्थिक मुनाफा कमाउन पल्केको तथाकथित बदनियत व्यवसायीलाइ नियमक निकायले गरेको कारवाहीको थुप्रै घटना संगै स्वघोषित गुणस्तर युक्त स्यानिटाइजर उत्पादनका विल्ला भिरेको व्यवसायीवीच गुस्तर मापनको क्रममा नियमक निकाय मातहतका प्रयोगशालामा हुने परीक्षणमा समेत यो वा त्यो प्रश्न चिन्ह सिर्जना गर्दै उत्पादक र नियमक नियकावीच चलेको  आन्दोलनको जुहारीको प्रसंग हेर्ने हो भने पनि संकटको समयमा हुने गरेको कालाबजारी देखि अनियमितता संगै थुप्रै लुटका धन्दाको पर्दाफास हुन्छ ।

औषधिमा कालाबजारी :
कोभिड संक्रमणको कारण तत्काली समयमा देशभरमा भएको बन्दाबन्दी  र अहिले उपत्यका लगायत ५५ भन्दा बढि जिल्लामा पूर्ण तथा  आंसिक निषेधाज्ञा जारी भएको अवस्थामा औषधिको मनोमानी मूल्य लिने देखि औषधि पसलमा सिकारु मान्छे राख्ने मात्र नभइ औषधिको नाम नै जान्दै नजान्ने व्यक्ति राख्ने प्रवृति समेत मौलाएको छ । त्यस्तै  यसवीचमा   थर्मलगन, पिपिइको कारोवारमा भएको आर्थिक अनियमिता संगै ओम्नी प्रकरण र बढी मूल्यमा सर्जिकल मास्क बिक्री गर्ने भक्तपुर लोकन्थलीस्थित समिट अस्पतालको फार्मेसी उपरको कारवाही प्रकरण र बालबालिकाको दमको लागि प्रयोग हुने औषधि, क्यान्सर, मुटुरोगी, मिर्गौलाका बिरामीले प्रयोग गर्ने औषधिको कृतिम अभावका प्रसंग चर्चित प्रसंग हो । यसवीचमा भएका यावत घटनाले पनि संकटको समयमा हुने गरेको लुट सहितको कालाबजारी  कसरी मौलाइरहेको छन भन्ने तितो सत्यलाइ थप मुखरित गरेको अवस्था छ ।

रेम्डेसिभिर :

 कोभिड–१९ सङ्क्रमितको रफ्तार बढेसंगै आपतकालीन अवस्थामा रहेका संक्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’को प्रसंगमा समेत कालाबजारीको प्रसंग अक्षुतो रहन सकेन । पछिल्लो समय औषधि व्यवस्था विभागबाट रेमडेसिभिर आयात गर्न अनुमति पाएकै संस्थाबाट कालोबजारी भएको भेटिएसंगै स्वास्थ्य मन्त्रालयले डा विकास देवकोटाको संयोजकत्वमा गठित समितिले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुुझाएको प्रतिवेदनले औंल्याएको तथ्य आफैमा किटानी जाहेरी हो भन्दा कुनै असहजता हुन्न ।

त्यस समयमा निकै चर्चाdf रहेको प्रसंग अन्र्तगत औषधि व्यवस्था विभागले परिषद्को स्वीकृतिबिनै अनुमति नपाएका स्वास्थ्यसंस्थाको प्रयोजनका लागि १६ वटा संस्थाले  ९ सय ३२ भाइल प्राप्त गर्नु र ती स्वास्थ्यसंस्थाले क – सकसलाई औषधि प्रयोग गर्न दिए  भन्ने नखुलाउनुले प्रस्तुत घटनालाइ थप शशंय बनाएकोे जिकिर उक्त प्रतिवेदनमा उल्लेख गरिएको बुझिएको छ। स्मरणीय पक्ष भनेको ‘रेम्डेसिभिर आफैमा कोभिड संक्रमणको समुल अन्त्य गर्ने औषधि नभएपनि    कोभिड संक्रमण भइ क्रिटिकल अवस्थामा पुगेको विरामीका लागि आपतकालीन अवस्थामा प्रयोगगर्न मिल्ने   विद्यमान प्रभावकारिताका कारण विश्वभर क्लिनिकल ट्रायलको लागि प्रयोगमा ल्याइएको हो ।

जुन नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले क्लिनिकल ट्रायलकै लागि सिफारिस गरेपछि विभागले पहिलो पटक आयातका लागि अनुमति दिएको हो । तर पछिल्लो समय रेम्डेसिभिर आयातको मार्ग प्रसस्त भएयता शुरुवाती चरणमा जस्तै एकपछि अर्को गर्दै कालोबजारीका प्रसंगले प्रशय पाउनु त्यस्तै विश्व स्वास्थ्य संगठनले समेत यसको प्रयोग आफैमा आशातित रुपमा प्रभावकारी नभएको भन्ने जस्ता मिश्रित अभिव्यक्ति सार्वजनिक गर्दा समेत रेम्डेसिभिर आयात गर्न सम्बन्धीत संस्थाहरु लगि पर्नु मात्र नभइ कोभिड संक्रमण हुने वित्तिकै संक्रमित र संक्रमितका आफन्तले खोज्ने प्रवृति बढ्नुले आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि क्लिनिकल ट्रायलको फेजमै रहेको रेम्डेसिभिरको माग नेपालमा भने दिनानुदिन बढ्दो रहेको छ । जसरी कोभिड संक्रमितको उच्च रफ्तारमा संक्रमण फैलिरहेको छ त्यसरीनै यसको माग बढ्नु र आयात गरिएका रेम्डेसिभिरको हाहाकार हुनुले अनेकन चर्चा परिचर्चाले स्थान पाउँनु आफैमा स्वभाविक रहन्छ । 

त्यसो त   आपतकालीन अवस्थामा प्रयोग हुने रेम्डेसिभिरको प्रयोग गर्न पाएमा संक्रमित  संक्रमण मुक्त भइहन्छ भन्ने विस्वास रहेका कारण कोभिड संक्रमण हुने वित्तिकै संक्रमितका लागि प्रयोग गर्ने प्रवृतिका कारण   यसको अभाव बढेको जानकारी दिदै पछिल्लो समय दिनानुदिन बढ्दो संक्रमितको उच्चरफ्तार र आयातकर्ताले आयात गरेको परिणाम भन्दा माग बढ्दै जानुले आज भन्दा भोली क्रमस थप माग बढ्दै जाने औषधि आयातकर्ताका संघका महासचिव पवन आचार्यले बताउनुभयो ।

रेम्डेसिभिरको बढ्दो माग र बजारमा भएको अभावको पक्षलाइ दृष्टिबोध गर्ने हो भने संक्रमितले संक्रमणको परल मुल्य भन्दा १० गुणा मुल्य बढि तिरेर पनि यसको प्राप्ति गर्न चाहेको अवस्था देखिएको छ । त्यस्तै उपभेक्ताको भनौ या संक्रमितका आफन्तको यस्तै मागको लाभ लिदै आफुसंग स्टक भएपनि छैन भन्दै परल मुल्य भन्दा बढि रकम असुल्न पाउने भएकै कारण केहि व्यवसायीले विचौलियाको रुपमा आफ्नो व्यवसायलाइ विस्तारित गर्दै आएको समेत यसविचमा बुझिन आएको छ ।

त्यस्तै  आजमात्रै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोभिड–१९ सङ्क्रमितको रफ्तार बढेसंगै आपतकालीन अवस्थामा रहेका संक्रमितको उपचारका लागि प्रयोग हुने ‘रेम्डेसिभिर’को कालोबजारी गरेको आरोपमा गोरखाको आरुघाट घर भई काठमाडौं बस्दै आएका रफिक मियालाई पक्राउ गरेको  घटनाले पनि  रेम्डेसिभिरको नाममा  हुँदै आएको  कालाबजारीको घटनालाइ  पुष्टि गरेको  छ । महाशाखाले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर महाराजगञ्ज टिचिङ अस्पताल अगाडि रहेको सेवक फर्माका सञ्चालक दीपक ढकालसंग खरिद गरि रफिकले परलमुल्य भन्दा महँगोमा बेच्दै ढकाल र रफिकले मिलेमतोमा कालोबजारी गर्दै आएको जनाएको छ ।

  त्यसअर्थमा रेम्डेसिभिरको कृतिम अभाव सिर्जना गर्दै मोटो रकम असुल्न पल्केका व्यवसायीउपर छड्के नियम गर्दै तत्काल नियमक निकायको तर्फबाट कदम चाल्नु पनि त्यतिकै आवश्यक रहेको अवस्था छ ।  हुनत यसवीचमा औषधि बिरामीले सहज र सुलभ मूल्यमा पाउनुपर्छ भन्ने आफ्नो नीति रहेको बताउने मात्र नभइ बजारका तोकिएका मापदण्ड पुरा गरेर जसले सस्तो मुल्यमा दिन सक्छ उसले अनुमति पाउने व्यवस्था मिलाएँको बताउने औषधि व्यवस्था विभागका महानिर्देशक भरत भटटराइले  थप नयाँ कदमको सुभारम्भ गर्छन भन्ने जनजनको विस्वास कायम राख्नुहुन्छ भन्ने अपेक्षा गर्नु किमार्थ अन्यथा मान्नु पर्ने अवस्था   छैन ।

 तथापी  रेम्डेसिभिरको  क्लिनिकल ट्रायलको पक्ष  र  यो कोभिड संक्रमण विरुद्धको अचुक औषधि नभएका जान्दा जान्दै पनि एक पछि अर्को गर्दै  धमाधम आयातको अनुमति दिए पनि यसको सुक्ष्म नियमन हुन नसक्दा कालाबजारी मौलाउँदै आइरहेको पक्ष प्रति हेक्का रहोस भन्ने मात्र जनजनको आग्रहलाइ उपेक्षा नगर्न  आग्रह गर्दछौं  । 

  त्यस्तै विभागले रेम्डिसिभिर औषधि कोभिड संक्रमितका लागि अचुक औषधि नभएकै कारण सबै प्रकारका कोभिड १९ का विरामीका लागि आवश्यक नपर्ने जनाउ सहित यसको प्रयोगमा डाक्टरहरुले ख्याल पुर्याउन निर्देशन दिदै मंगलबार जारी विज्ञप्तिको आशय मनासिव मान्न सकिन्छ ।

साथै कोभिड महामारिको समयमा रेम्डेसिभिर औषधि माथि भ्रम सिर्जना भएकाले बजारमा कालोवजारीमा बिक्री वितरण समेत हुने गुनासो आए पछि विभागले अनुगमन गरी प्रयोगमा कडाइ गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा  औषधि सिफारिस गरिएका अस्पताललाई प्रयोग बारे सम्पूर्ण विवरण समेत उपलब्ध गराउन निर्देशन दिदै संक्रमित विरामीको उपचारमा संलग्न चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार प्रयोग गर्न सचेत गराउन अनुरोध गर्नु आफैमा  स्वागत योग्य कदम  मान्न सकिन्छ।