शुक्रबार, बैशाख ७, २०८१

आज पहिचान भएका संक्रमितको सख्या हालसम्मकै उच्च,१९९३ जना कोभिड मुक्त, ५८ को मृत्यु

काठमाडौ बैशाख २२,
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमितको संख्या आज पनि ह्वात्तै बढेको छ। २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट गरिएको परिक्षणको क्रममा ८ हजार ६०५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले आज पहिचान भएका संक्रमितको सख्या हालसम्मको उच्च भएको बताएकोछ ।

त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा १ हजार ९९३ जना सङ्क्रमित कोभिडमुक्त भएको जनाएको छभने ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ। साथै पछिल्लो २४ घण्टामा ५८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको र योसंगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ४७५ पुगेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु