शुक्रबार, बैशाख १४, २०८१

बढ्दो कोभिड कहर र नागरिकको जीवन रक्षाको मुल एजेन्दा सहित काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं बैशाख २१,
संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आज पदाधिकारी बैठक बस्दै छ । दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बताईएको आजको बैठकमा मुलत पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि राष्ट्रपतिले आउँदो वैशाख २७ गतेका लागि आव्हान गरिएको प्रतिनिधी सभाको अधिवेशन संगै मलुकमा बढ्दो कोभिड संक्रमणको कहर लगायतका विषयमा केन्द्रीत रहने बताईएको छ ।

त्यस्तै आजको बैठक नागरिकको जिवन रक्षा गर्नु पर्ने दायित्वबाट विमुख हुँदै सत्तालिप्साको लागि यो वा त्यो नाममा सरकारले गर्दै आएको हर्कत समेतको समिक्षा सहित नागरिकको जीवन रक्षा नै पहिलो प्राथमिकतामा राख्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने तयारी समेत रहेको सम्वद्ध पक्षले जनाएको छ।