शुक्रबार, बैशाख ७, २०८१

जारी निषेधाज्ञाका वावजुद पनि उपत्यकाका कोभिड संक्रमितको संख्या ह्वात्तै बढ्यो ,आजमात्रै ३ हजार ६६६ संक्रमितको पहिचान

काठमाडौ वैशाख २०,

नेपालमा पछिल्लो २४ घण्टामा उपत्यका लगायत देशैभर कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार ४४८ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउदै यो संख्या हालसम्मको उच्च भएको बताएकोछ ।

त्यस्तै मन्त्रालयले काठमाडौं उपत्यकामा निषेधाज्ञाका वावजुद पनि ३ हजार ६६६ कोभिड संक्रमित थपिएको जनाउदै यसमध्ये काठमाडौंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी कुल ३ हजार ६६६ संक्रमित रहेको जनाएको छ ।

त्यस्तै बढ्दो कोभिड संक्रमितको रफ्तारसंगै नेपालमा पछिल्लो २४ घण्टामा ३७ जना कोभिड संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।