आइतवार, साउन १७, २०७८

स्थिती दिनानुदिन भयावह बन्दै, देशभर ७ हजार ४४८ संक्रमितको पहिचान, ३७ को मृत्यु

काठमाडौ वैशाख २०,

नेपालमा पछिल्लो २४ घण्टाम कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार ४४८ जना संक्रमित पुष्टि भएको जनाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो संख्या हालसम्मको उच्च भएको बताएकोछ ।

त्यस्तै मन्त्रालयले १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा उल्लेखित सख्यामा संक्रमितको पुष्टि भएको जनाउदै कुल संक्रमितमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

साथै वितेको २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट २ हजार २१ जना डिस्चार्ज भएको जानकारी समेत दिएको छ।

 त्यस्तै बढ्दो कोभिड संक्रमितको रफ्तारसंगै नेपालमा पछिल्लो २४ घण्टामा ३७ जना कोभिड संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनसार संक्रमणका कारण मृत्यु हुनेको प्राप्त पछिल्लो डेटा अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ३६२ पुगेको जनाएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु