बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि संसद् सचिवालयको आग्रह

काठमाडौ बैशाख २०,
सङ्घीय संसद् सचिवालयले वैशाख २७ गते सोमबार दिउँसो १ बजे बस्ने गरि आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नसक्ने मौजुदा संवैधानिक व्यवस्था अनुरुपराष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिबाट आह्वान भएको प्रतिनिधिसभाको उक्त अधिवेशनमा प्रतिनिधिसभा सदस्यलाई उपस्थितिका लागि अनुुरोध गरिएको सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूूचनामा उल्लेख गरिएको छ ।