शनिबार, बैशाख ८, २०८१

कांग्रेसका प्रवक्ता शर्मालाई कोभिड सङ्क्रमण

काठमाडौं बैशाख २०,  
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोभिड सङ्क्रमण भएको छ । प्रवक्ता शर्मालाई आइतबार दिउँसो ज्वरो आउने र जीउ दुःखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा पिसिआर परीक्षण गराउँदा उहाँलाइ संक्रमण देखिएको जानकारी दिनुभएको छ।

प्रवक्ता शर्माले आज बिहान पोजेटिभ रिपोर्ट आएसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोभिड सङ्क्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेशनमा बसेको जानकारी दिदै शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बाँस्तोलाको निर्देशन अनुरुप औषधि सेवन गरेर होम आइसोलेशनमा बसेको जानकारी दिनुभएको छ। साथै उहाँले सबैलाई सजग भएर बस्नसमेत आग्रह  गर्नुभएको छ ।