शुक्रबार, चैत्र १६, २०८०

लुम्बिनी प्रदेशकोे घटना संविधानको ठाडो उल्लङ्घन  : सभापति देउवा

विपक्षी गठबन्धनको दावी प्रति प्रदेश प्रमुख यादवको नजरअन्दाज, धर्नाका बाबजुद कडा सुरक्षा घेराबीच निवासमै पुगेर मुख्यमन्त्रीको सपथ

काठमाडौ बैशाख १९,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा संविधानको ठाडो उल्लङ्घन सहित आज भएको समग्र घटनाक्रम प्रति पार्टीको गम्भीर ध्यनाकर्षण भएको जनाएकोछ । सभापति देउवाले आज जारी विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकीर गर्दै पुनःमुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको जिकिर गर्नुभएको छ।

नेपालको संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघिबढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामा गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लङ्घन भएको सभापति देउवाको भनाइ रहेको छ ।

स्मरण रहोस लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाउादै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आज प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिदै मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्तिको विरोध गरेका छन ।

धर्नामा बसेका विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले उपसभामुखसमेतको कीर्ते हस्ताक्षरको आडमा मुख्यमन्त्री पोखरेललाइ पुन मुख्यमन्त्री बनाउने काममा प्रदेश प्रमुखको प्रत्यक्ष सहभागीता रहेको र आफुहरुसंग प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका थिए । तर प्रदेश प्रमुख यादवले आफ्नो दावीप्रति नजर अन्दाज गर्दै अंबैधानिक कदम उठाएको उनिहरुले बताएका छन ।

तर प्रदेश प्रमुख यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद निवासमै पुगेर मुख्यमन्त्रीको सपथ खुवाएका छन् प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए ।