मङ्लबार, बैशाख ११, २०८१

काठमाडौं उपत्यकाका ३ हजार ५९५ सहित ७ हजार १३७ सङ्क्रमितको पहिचान, २७ को मृत्यु

काठमाडौं बैशाख १९,
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार १३७ जना कोभिड सङ्क्रमितको पहिचान भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको कोभिड विवरण अद्यावधिक गर्दै जानकारी दिए अनुसार १६ हजार १४७ जनाको पीसीआर परीक्षणको क्रममा उल्लेखित सख्यामा सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै ३ हजार ५९५ जना रहेको र यसमध्ये काठमाडौंका २ हजार ७४४ भक्तपुरका ३०१ र ललितपुरका ५५० जना रहेको जानकारीदिएको छ। साथै यसवीचमा १ हजार ६१२ जना सङ्क्रमितउपचार पछि डिस्चार्ज भएको जानकारीदिएको छ ।

यसैवीच वितेको २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको र योसँगै संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।