बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमण फैलिएसंगै काभ्रेमा पनि आज रातिदेखि निषेधाज्ञा

काठमाडौं वैशाख १९,
जिल्ला प्रशासन कार्यालय काभे्रले पछिल्लो समय उच्च रफ्तारमा कोभिड संक्रमण फैलिएसंगै सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि वैशाख २६ गते राति १२ः०० बजेसम्मका लागि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी सेवा, दूरसञ्चार, बैंक, वित्तीय सेवा, इन्टरनेट, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, क्वारेन्टिन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवामा प्रयोग भएका सवारी साधनवाहेक लाइ निषेध गरिएको छ भने सामग्री खाद्य सामग्री बेचबिखन, तरकारी, औषधि पसल गर्न दिइने जनाईइको छ ।

प्रशासनद्दारा जारी निषेधाज्ञा आदेशमा काभ्रेपलाञ्चोकको भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ पाँच सय मिटरको क्षेत्र बन्द रहने उल्लेख गरिएको छ।

त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डेहुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ दुई सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँबायाँ पाँच सय मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको पाँच सय मिटर दायाँबायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जेरोकिलोदेखि कुन्ताबँेशीसम्मको सडक दायाँबायाँ क्षेत्रको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा लागु हुने जनाईएको छ।