शुक्रबार, बैशाख ७, २०८१

सूचना प्रविधिको प्रयोगसंगै सरकारी सेवालाई पेपरलेस बनाउनुपर्नेमा प्रम ओलीको जोड

काठमाडौं बैशाख १९,

प्रधानमन्त्री केपी ओलीले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रुपमा उद्घाटन गर्दै सूचना प्रविधिको उच्चतम उपयोग गरी सरकारी सेवालाई पेपरलेस बनाउनुपर्नेमा जोड दिनुभएको छ।

त्यस्तै उहाँले समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८को अवसरमा मनाइएको दिपसको अवसरमा पूर्वपश्चिम र उत्तरदक्षिण एवं जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग, निर्माण र विस्तारको कार्य द्रुततर रुपमा अगाडि बढिसकेको जानकारीदिदै सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा समग्र विश्व नै एक गाउँमा रुपान्तरण भएको बतउनुभयो ।

साथै उहाँले सार्वजनिक सेवा, सूचना प्रवाह एवं सामाजिक अन्तरक्रियालगायतका विषयमा आधारभूत परिवर्तन आएको जिकिर गर्दै सूचना तथा सञ्चार प्रविधिक्षेत्रसँग सम्बद्ध सबै सङ्घ, संस्था, निकाय, निजी क्षेत्र, सेवा प्रदायक तथा सबै सरोकारवालालाई समन्वय, सहकार्य र साझेदारीका लागि अनुरोध गर्नुभएको छ ।

साथै उहाँले त्यसअवसरमा नागरिक एपको आजबाट विधिवत सुभारम्भ गर्नुभएको छ। प्रम ओलीले एपको माध्यमबाट नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडमा खाता खोल्दै सुभारम्भ गर्नुभएको हो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु