शुक्रबार, चैत्र १६, २०८०

लम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा पुन पोखरेल नियुक्त

काठमाडौं बैशाख १९,
लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश मुख्यमन्त्री पदमा पुन शंकर पोखरेल मुख्य मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवज्यूले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा  १  बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गरेसंगै प्रदेश प्रमुखले उहाँलाइ मुख्यमन्त्री नियुक्त गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुख्य मन्त्री पोखरेलले आजै प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्नका लागि भन्दै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा दिएका थिए । समाचार स्रोतका अनुसार प्रदेशसभामा ठूलो दलको हैसियतमा पुनः आफ्नै नेतृत्वमा सरकार बनाउने लक्ष्य सहित मुख्यमन्त्री पोखरेलले राजीनामा दिइएको दावी गरेका छन ।

त्यस्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्ताव दर्ता गराएको थियो । राजीनामा लगत्तै बसेको नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको र उक्त बैठकमा माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी रहेको बताइएको छ ।