बिहिबार, बैशाख ६, २०८१

१ हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना सहितको कारवाही

काठमाडौ बैशाख १८,
नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र हुँदै गर्दाको अवस्थमा समेत मानिसहरू अझै पनि मास्क नलगाई हिँड्डुल गर्ने जस्ता वेपरवा सहितको अवान्छित क्रियाकलाप गर्न नछोडेको बताएका छन । यसैवीच पछिल्लो २४ घण्टामा प्रहरीले यस्ता गतिविधीमा संग्लन अर्थात मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको जनाएको छ ।

स्वास्थ्य विज्ञहरूले मास्कको प्रयोगले कोभिड सङ्क्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रूपमा मास्कको प्रयोग गर्न वारम्वार आग्रह गर्दै गर्दा पनि लापरबाही भने कायमै रहेका कारण बाध्य भएर १ हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना सहितको कारवाही गरिएको जनाएको छ।

त्यस्तै यसवीचमा २४ घण्टामा प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डको दायरमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ।