शनिबार, बैशाख ८, २०८१

५ हजार ७०६ जना कोभिड सङ्क्रमितको पहिचान, १९ को मृत्यु

काठमाडौं वैशाख १८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्ले २४ घण्टामा ५ हजार ७०६ जना कोभिड सङ्क्रमित थपिएका छन् । १४ हजार ९६९जनाको पीसीआर परीक्षण र ५६६ जनाको एन्टीजेन परीक्षण्को क्रममा ५ हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले यसवीचमा १२८७ जना सङ्क्रमित उपचार पछिडिस्चार्ज भएको जनाउनुको अलावा वितेको २४ घण्टामा
१९ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।

कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको जनाएको छ । साथै मन्त्रालयका ४३ हजार २१३ जनामा सक्रिय सङ्क्रमण रहेको हालसम्म सङ्क्रमणले नेपालमा ३ हजार २९८ जनाको मृत्यु भएको जनाएको छ ।