शुक्रबार, बैशाख ७, २०८१

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति  : कांग्रेस प्रवक्ता शर्मा

काँग्रेसले भन्यो – प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ

काठमाडौं बैशाख १८,
नेपाली कांग्रेसले कोभिड संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुको अलावा गैह्रजिम्मेवार बन्दै अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्दै दिएको सार्वजनिक वक्तव्य सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति भएको बताएका छन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी प्रेस विज्ञप्तिमार्फत ’ अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै कांग्रेसले भनेको छ, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन    सकिन्न ।

त्यस्तै विज्ञप्तिमा लेखिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने?

नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपीलसमेत गरेको छ । कांग्रेसले भनेको छ, ‘संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ ।’

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु