शनिबार, बैशाख ८, २०८१

नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवाको आरम्भ, चालकसँग सिधै सम्पर्क गर्न सकिने

काठमाडौ बैशाख १८,
पछिल्लो समय दोस्रो लहरको कोभिड–१९ को जोखिमको क्रमशः बढ्दो अवस्थालाइ दृष्टिगत गर्दै काठमाडौ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको यस विष्म अवस्थामा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु-याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवाको आरम्भ गरिएको महानगरले जनाएको छ।

त्यस्तै महानगरका अनुसार राजधाीनीस्थित कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुई दुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको जनाएको छ भने कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्ने जनाएकोछ।

साथै प्रस्तुत सेवाबापत महानगरले १५ दिनका लागि प्रतिएम्बुलेन्स रु एक लाख २१ हजार शुल्क भुक्तानी गर्ने गरि संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । ​सेवा प्राप्तिका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ ।

एम्बुलेन्स र चालकको नं निम्नानुसार रहेको छ ।
चाबहिल, वडा ७ परिसर
बा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१–०५४७६८ र उद्धव भण्डारी, ९८४१–१४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक, शङ्कर दाहाल, ९८०८२–७९८१९ र डम्बर गुभाजू, ९८८१–३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक, श्याम श्रेष्ठ, ९८१३–२४६०८६ र कृष्ण गुरुङ, ९८०८२–९२५५०

ट्रली बस मीनभवन
बा १८ च ५६५७ र ना २ च ४१२०
चालक, सोमबहादुर तामाङ, ९८४०–९१६२६२ र सविन थापा, ९८४०–२४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक, गोवर्धन सापकोटा, ९८५१०–८२४२५ र तुल सिंह तामाङ, ९८१८–४३९५९५