शुक्रबार, अशोज ८, २०७८

सिसिएमसीको बैठक: बढ्दो कोभिडको जोखिमसंगै भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्न सिफारिश

काठमाडौ बैशाख १८,
कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र [सिसिएमसी] को शुक्रवार बसेको बैठकले पछिल्लो समय दोस्रो लहरको कोभिड–१९ को जोखिमको क्रमशः बढ्दो अवस्थालाइ दृष्टिगत गर्दै भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले कोभिड रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि वस्तुगत समीक्षा सहित भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको हो ।

सिसिएमसीको प्रस्तुत सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल पछि आवश्यक निर्णय लिइने  बताईएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु