शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिको स्वविवेकीय अधिकार विरुद्ध कतै उजुरी नलाग्ने प्रम ओलीको जनाउ

राष्ट्रपतिको  स्वविवेकीय अधिकार  विरुद्ध ‘न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्या गर्नु   दुःखद  भन्दै सर्वत्र हुँदै आएको  आलोचना समेतको बचाउ

काठमाडौं जेठ ९,
राष्ट्रपतिको तर्फबाट भएको पछिल्लो संबैधानिक मर्ममाथिको हस्तक्षेप विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका विपक्षी राजनीतिक दलीय गठबन्धनको तर्फबाट परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने चर्चा चलेसंगै प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिले  आफ्नो संविधान प्रदत  स्वविवेकीय अधिकार  प्रयोग गरेका कारण    यस विरुद्ध    कतै उजुरी नलाग्ने बताउनुभएको छ।

प्रम ओलीले सञ्चारकर्मी संगको छलफलका क्रममा   संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेकै कारण सरकारको सिफारिसमा उपधारा ७ बमोजिम नयाँ निर्वाचनको मिति तोकिएको र धारा ७६ को उपधारा [७ ]लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था भएकै कारण  राष्ट्रपतिले  प्रयोग गरेको आफ्नो अधिकारको  हुँदै आएको आलोचना समेतको बचाउ गरेका छन ।

साथै प्रम ओलीले उपधारा ५ अन्तर्गत स रकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटन बाहेकका अर्को कुनै विकल्प नरहेको अवस्थामा राष्ट्रपतिले आफ्नो स्वविवेकीय अधिकार प्रयोग गरेको जिकिर गर्दै जुन अधिकार विरुद्ध ‘न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिनु दुःखको भएको बताउनुभएको छ ।

साथै उहाँले महामारी बाजा बजाएर आउने चिज नभएकाले व्यवस्थापनमा केही समस्या देखेपनि यसको नियन्त्रणका लागि सरकारले सबै शक्ति परिचालन गरिसकेको बताउदै अक्सिजन सिलिण्डर, भेन्टिलेटरको समस्या समाधान भइसकेको र कोभिड खोप छिमेकी मुलुक चीन, भारत, बेलायत, रुस, अमेरिका लगायतको मुलुकबाट निकट भविष्यमा पर्याप्त भ्याक्सिन आइपुग्ने समेत बताउनुभयो ।

मुलत प्रम ओलीको ध्याननै संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेकै कारण सरकारको सिफारिसमा उपधारा ७ बमोजिम नयाँ निर्वाचनको मिति तोकिएको हो, कहाँनिर असंवैधानिक भयो ? भन्दै “संवैधानिक व्यवस्थाको अपब्याख्या गर्नेकाम नगर्न समेत आग्रह गर्नु भयो ।