शुक्रबार, चैत्र १६, २०८०

महानगरको निःशुल्क कोभिड पिसीआर परीक्षणको नयाँ तालिका सार्वजनिक

काठमाडौ जेठ १० ,
काठमाडौँ महानगरले कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका गरिने निःशुल्क पिसीआर परीक्षणको नयाँ तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार अव हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट परीक्षण हुनेछ । यस अघिको तालिकामा दिनको १ केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट परीक्षण हुनेछ । यसका अतिरिक्त धेरै संख्यामा परीक्षण गर्नु पर्ने वडाबाट माग आएमा त्यस ठाउँमा पनि परीक्षण हुने महानगरले जनाएको छ ।

महानगरका अनुसार आइतबार वडा २९ को पद्मकन्या स्कूल डिल्लीबजार र वडा ४ को विशाल मिलन केन्द्र मा त्यसैगरी सोमबार वडा १६ को वहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा २० को शान्ति निकुञ्ज विद्यालय र वडा ३२ कार्यालय परिसरमा पिसीआर परीक्षण हुने जनाएको छ ।
मंगलबार वडा ८, वडा न १४ कलंकी र वडा न २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, विहीबार बसन्तपुर र महावौद्धमा तथा शुक्रबार वडा ३ कार्यालय परिसर र वडा ६ कार्यालय परिसर बौद्धमा परीक्षण हुने भएको छ ।

साथै महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषालका अनुसार कोभिड पिसीआर परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आइएमयु अर्थात (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा विरामीको प्रारम्भिक चरण अन्र्तगत अनलाइन विधिमार्फत आउने कोड सहितको पहेँलो फारममा आइएमयु प्रक्रिया पूरा गर्दै पीसीआर परीक्षण गरिने जानकारी दिनको अलाव परीक्षण पूर्व विवरणा भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नुपर्ने जनाएको छ।