शनिबार, बैशाख ८, २०८१

महानगरका ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गरिँदै

काठमाडौ जेठ १०,
काठमाडौँ महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । जेठ १४ गतेदेखि परीक्षण आरम्भ गर्दै जेठ १९ गते भित्रमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी महानगरले गरेको हो ।

जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने र ५ दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरि सक्ने योजना रहको बताउदै यो मुलत समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण आरम्भ गर्न लागेको बताउनुभयो ।

यस अघि कालीमाटी तरकारी तथा फलफुल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण गरिसकिएको महानगरले नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमणबाट मानिसहरु थला पर्न थालेपछि सम्पर्क चक्र टुटाउन प्रयास गरिरहेको छ । संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि बैशाख १४ गतेको कार्यपालिकाको निर्णय र बैशाख २३ गते स्वास्थ्य विज्ञहरुसँगको बैठकको निर्णयका आधारमा वृहत एन्टिजेन परीक्षण गरिने गर्न लागेको हो ।

त्यस्तै विभागले परीक्षणको प्रारम्भिक योजना बनाएको छ । जसअनुसार ठूला १५ वटा वडामा प्रति वडा २ वटा केन्द्र राखेर परीक्षण गरिनेछ । १७ वटा साना हरेक १/१ वटा केन्द्र राखिनेछन् । आवश्यकताका आधारमा अन्य केही केन्द्र थप गर्न सकिने विभागले जनाएको छ । परीक्षणका लागि खटिने जनशक्तिको टोलीले १ दिनमा २ ठाउँमा परीक्षण गर्नेछ ।