शुक्रबार, चैत्र १६, २०८०

प्रम ओलीको पद मुक्तिसंगै नयाँ सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं बैशाख २७,

प्रधानमन्त्री केपी ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने संविधानको धारा १०० को उपधारा [१] बमोजिम आज बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा [३] बमोजिम अस्वीकृत भएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् ।

प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ [२]अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई ३ दिनभित्र दाबी पेश गर्न आहृवान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्दारा जारी विज्ञप्त्मिा उल्लेख गरिएको छ।