बुधबार, बैशाख १२, २०८१

 चर्को मुनाफामा मास्क बिक्री गर्ने अल फाइन सर्जिकल सप्लायर्सलाइ दुई लाख जरिवाना

काठमाडौं बैशाख १९,
कोभिड संक्रमणको उच्च जोखिम बढेको अवस्थामा मास्कको विक्रि वितरणमा बढी मूल्य लिने नाफाखोर व्यापारीलाइ दुई लाख जरिवाना सहितको कारवाही गरिएको छ।

त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सलाई काठमाडौं आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले चार रुपैयाँ ४६ पैसा पर्ने डिस्पोजेबल मास्क ८ रुपैयाँ ३८ पैसामा बिक्री गरेको अभियोगमा निजलाइ कारवाही गरेको हो ।

विभागका अनुसार बिक्रेतालाई दुई लाख जरिवाना गरिएको छ । प्रति पिस चार रुपैयाँ मुनाफा कमाउँदै दिन दुइ गुणा रात चौगुणको रफ्तारमा आर्थिक लाभ गर्न खोजेको जनाएको छ ।