शनिबार, बैशाख ८, २०८१

गोकुलको आक्रोस – प्रचण्ड र माधव नेपालको कुण्ठित ईच्छासंगै दुध ख्वाएर पालेका साँपले डस्यो

काठमाडौ जेठ ८,
नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज विहानै ट्विट गर्दै जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त भएको भन्नुभएको छ ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गर्नुभएपछी बाँस्कोटाले ट्विट अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो ।

त्यस्तै पूर्वमन्त्री बाँस्कोटाले आफ्नो ट्विट जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त।अब माधब-प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो।गुनासोको काम छैन।विधी,पद्दती लगेर कर्णालीमा सेलाउनु। भन्न्े अभिव्यक्ति दिएका छन ।

यसअघि पनि बाँस्कोटाले दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र। भएको जिकिर गर्दै आफ्रनै दलका नेताहरुको आलोचना गरेका थिए ।