शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा मात्र २ दुई हजार ८२१ संक्रमितको पुष्टि

काठमाडों जेठ ९,
नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणको क्रममा ७ हजार ९१४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र २ दुई हजार ८२१ जना सङ्क्रमित थपिएको र यसमध्ये काठमाडौमा १ हजार ५६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना रहेको जनाएकोछ ।