शुक्रबार, बैशाख ७, २०८१

आज सभामुख र सांसदको पीसीआर गरिदै

काठमाडौ बैशाख २२,
सङ्घीय संसद् सचिवालले वैशाख २७ बस्ने प्रतिनिधिसभा अधिवेशनको बैठक प्रयोजनाका लागि बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण गराउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने सचिवालयले जारी सूचनामा उल्लेख गरिएको छ ।

सचिवालयका अनुसार पीसीआर परीक्षणको क्रममासभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको बुधवार परीक्षण गरिने जनाएको छ।

त्यस्तै विहिवारअन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्र्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण गरिने जारी सूचनामा उल्ल्ेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु