सोमवार, साउन ११, २०७८

यस्तो छ अत्यावश्यक सवारी पासको सम्बन्धमा काठमाडौं प्रशासनको ४ बुँदे आदेश

काठमाडौ बैशाख २२,
काठमाडौ उपत्यकामा बढ्दो कोभिड संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी निषेधाज्ञाका कारण सिर्जना भएको असहजतालाइ दृष्टिगत गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक यात्राको लागि पासको सम्बन्धमा ४ बुँदे सूचना सहित थप स्पष्ट पारेको छ ।
प्रशासनले आज नयाँ सूचना जारी गर्दै विवाह व्रतबन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र २ वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्ला भित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाइने उल्लेख गरिएको छ ।

त्यस्तै जारी सूचनामा मृत्यु संस्कारका लागि प्रशासनबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बधित वडाको सिफारिस परिचय खुल्ने कागजातको प्रतिलिपि सहित पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

यसै गरि बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका विरामी तथा कुरुवाहरुले अस्पतालको भर्ना वडा वा रिपोट कार्डका आधारमा आवात जावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त विरामी भै काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड, भर्ना कार्ड परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्न सकिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । साथै सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर डयूटी आवात जावत गर्न पाउने जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु