शुक्रबार, बैशाख ७, २०८१

निषेधाज्ञाको कार्यान्वयनमा कडाइसगै उपत्यकामा कोभिड संक्रमणको चेन ब्रेक हुने क्रम बढ्दो

काठमाडौं जेठ १७,
जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक उपत्यकामा बढ्दो कोभिड संक्रमितको रफ्तारको चेन ब्रेक गर्नका लागि भन्दै जारी निषेधाज्ञालाइ कडाइका साथ कार्यान्वयन गरेसंगै उपत्यकामा कोभिड संक्रमितको संख्या घट्नुको अलावा यसअघि भरिभराउ हँदै आएका अस्पतालमा शैया समेत खाली हुन थालेको छ ।

प्राप्त जानकारी अनुसार राजधानीस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन सहितका शैया तथा आइसीयू खाली हुन थालेसंगै जारी निषेधाज्ञाको कार्यान्वयनमा सफलता मिलेको प्रशासन सम्वद्ध अधिकारीहरुको भनाइ रहेको छ ।

त्यस्तै यसरीनै उपत्याकमा बढ्दो कोभिड संक्रमितको रफतारमा कमी आउने हो भने जिल्ल प्रशासन कार्यालयका अधिकारीहरुले आगामी जेठ २० गते सम्मका लागि जारी निषेधाज्ञा भोलीको दिनमा सहज बनाउँदै लैजाने तयारी सहितक सरोकारवालाबीच छलफल समेत शुरु गरिसकेको जनाएको छ।
नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको बताउदै काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले संक्रमितको सख्या घट्यो भन्दैमा जारी निषेधाज्ञा भोलीको दिनमा स्वास्थ्य मापदण्डमा कडाइ गरेर सहज बनाउन सकिन्छ तर पुरै हटाउन नसकिने जनाउ दिएका छन ।

साथै उहाँले जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खुलाउने तयारी भए पनि खाद्यान्न र किराना पसलबाहेक अन्य सबै पसल बन्द नै राख्ने र बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउदै जाने योजना तय भएको बताएका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु