बुधबार, बैशाख १२, २०८१

मुलुकको २२ जिल्ला कोभिड संक्रमितको हटस्पोट ,मुलुकको स्वास्थ्य प्रणालीले थेग्न सकेन

काठमाडौ बैशाख १७,
नेपालमा पछिल्लो समय कोभिड संक्रमितको सख्या मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज एक विज्ञप्तीमार्फत संक्रमणको हिसाबले मुलुकको २२ जिल्लामा संक्रमण उच्च रफ्तारमा फैलिएको र कोभिड नियन्त्रण बाहिर गएकाले मुलुकको स्वास्थ्य प्रणालीले समेत काम गर्न नसक्ने अवस्था सिर्जना भएको जनाउदै संवेदनशिल बन्न आग्रह गरेको छ ।

त्यस्तै विज्ञप्तिमा मन्त्रालयले विज्ञप्तीमार्फत सर्वसाधारणलाई परिस्थितीप्रति संवेदनशिल बन्न समेत आग्रह गर्दै पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, सुनसरी, झापा, पर्सा, बारा र धनुषालाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा चित्रण समेत गरेको छ।