शुक्रबार, बैशाख ७, २०८१

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ४५७ जना कारबाहीमा

काठमाडौं बैशाख १६,
बिहीबारदेखि लागु निषेधाज्ञाको उल्लंघन गर्दै विना काम सडकमा निस्किएको भन्दै नेपाल प्रहरीले सरक्षा चेक जाँचको क्रममा ३२० वटा दुई पांग्रे र ४१ वटा चार पांग्रे सवारी साधन सहित १ हजार ४५७ जनालाइ कारबाही गरेको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरले उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा गरिएको अनगमनको क्रमा उनिहरुलाइ कारबाही गरेको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले मास्क नलगाइ हिँडेकादेखि विना काम हिँडेकासम्मलाई होल्डमा राख्नुको अलावा चेकजाँचलाइ कडाइ गरिएको जानकारी दिनुभयो साथैकाठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा चार स्थानमा चेकपोइन्ट राखिएको छ । निषेधाज्ञाको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको जानकारी समेत दिनुभयो ।

बिहीबारदेखि लागु निषेधाज्ञा एकसातासम्म जारी रहनेछ । त्यसपछि पनि एक साता थप गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031