काठमाडौ बैशाख १५,
अनुप प्रधान
काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्तीमा मनमैजु अजिमाको जात्रा मनाइएके छ ।
मनमैजु नामाकरण र जात्राको सम्बन्धमा प्राप्त ऐतिहासिक किंवदन्तीहरुमा धेरै कुराहरु उल्लेख गरिको छ। त्यसमध्ये पनि प्राप्त ऐतिहासिक किंवदन्ती अनुसार लिच्छविकालमा राजा गुण कामदेव एक दिन नागार्जुन डाँडा [बालाजु रानीवन] मा सिकारका क्रममा त्यहीँ बास बसेको र राती मनमैजु देवी [अजिमास ईन्द्रायणी]प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पुजा अर्चना गरी जात्रा चलाएमा मनो आकाङक्षा पूरा हुने भनी सपना देखेछन्।
त्यसको भोलिपल्ट बिहान अग्लो स्थानबाट चारैतिर हेदा पानीको दह भएको, काँडाहरुको झयाङैझयाङ वीच एउटा मन्दिर र स-साना वस्तीहरु देखेपछि गुणकाम देवले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरि त्यहाँको स्थानीय वासीलाई जागृत गराई देवीको नित्य पुजा अर्चना सहित ४ दिनसम्म जात्रा गरि पाँचौँ दिनमा देवीको चिनो स्वरुप छोडिएको हिरामोतीले जडिएको भोटो देखाउँदा गुण कामदेव र स्थानीय वासीको मनको आकाङक्षा पुरा भएकोले त्यस समयदेखी नै मनमैंजु देवी नामबाटै यस गाँउको नाम मनमैजु रहनगएको उल्लेख रहेको पाइन्छ ।