बिहिबार, बैशाख १३, २०८१

निषेधाज्ञाको समयमा कोभिड १९ र अन्य विरामीलाई छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था

काठमाडौँ बैशाख १५ ,
काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासनबाट विहिवारबाट कार्यान्वयन हुने गरि जारी निषेधाज्ञा आदेशका समयमा अस्पताल जान आउन कोभिड १९ का पोजेटिभ विरामी र अन्य विरामीलाई छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । कोभिड१९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न आज बसेको विशेष कार्यपालिका बैठकका निर्णयका बारेमा जानकारी दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो बताउनुभएको हो ।

हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका विरामीलाई निःशुल्क अस्पताल पु¥याउने छन् । यसबाहेक अन्य समस्या भएका विरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेछौँ । एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । यसबाट डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानु पर्ने व्यक्तिको अस्पताल पुग्न र आउन सवारीको समस्या समाधान हुने उहाँले बताउनुभयो । त्यस्तै बैठकले राहत वितरण गर्ने र खाना खुवाउने काम तत्काल आवश्यक नरहेको निष्कर्ष सहित संक्रमणको अवस्था हेरेर आवश्यक परे पछि छलफल गर्ने गरी अहिलेलाई राहत बाँड्ने र खाना खुवाउने काम नगर्ने निर्णय गरेको भएको जानकारी समेत दिनभयो ।

साथै कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई १ लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० हजार रुपैयाँ निकासा पठाउने निर्णय समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031