बिहिबार, चैत्र १५, २०८०

प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रत्यायोजन : प्रवक्ता तथा सञ्चारमन्त्री गुरुङ

काठमाडौं बैशाख १५ ,
मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले पछिल्लो समय बढ्दो कोभिड संक्रमितको रफ्तारसंगै सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सम्बन्धित जिल्लाभित्र निषेधाज्ञा जारी गर्ने अख्तियारी प्रमुख जिल्ला अधिकारीलाई दिएको बताउनुभएकोछ ।

त्यस्तै मन्त्री गुरुङले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लाका निश्चित क्षेत्र वा पुरै जिल्लाभर प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यकता अनुरुपको आदेश जारी गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो । स्मरण रहोस सोहि अधिकार अनुरुप उपत्यकाका ३ वटै प्रशासन कार्यालये बैशाख १६ गतेबाट लागु हुने गरि उपत्यकामा निषेधाज्ञा आदेश जारी गरिसकेको छ।

साथै बैठकका निर्णको जानकारीदिने क्रममा सरकारका प्रवक्ता गुरुङले नेपाल सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन गर्ने र स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनियाँ नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घन्टाभित्रको कोभिड–१९ नेगेटिभ तथा १० दिन अनिवार्य रुपमा होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था गरिएको समेत बताउनुभयो । साथै उहाँले कोभिडका बिरामीको उपचारका लागि पर्याप्त अक्सिजनका सिलिन्डर हुने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।