मङ्लबार, बैशाख ११, २०८१

अस्पताललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा तत्काललाइ स्थगित गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं बैशाख १४,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा बन्द भएपनि आकस्मिक सेवा भने सुचारु रहने जानकारी दिनुको अलावा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन समेत पत्राचार गरिएको बताउनुभयो ।

साथै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न निर्देशन दिदै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए छ महिना करारमा भर्ना लिन समेत अस्पताल व्यवस्थालाइ निर्देशन दिइएको जानकारी दिदै आइसियु तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई सर्कुलर गरिएको बताउनुभयो ।