बुधबार, बैशाख १२, २०८१

स्थिती दिनानुदिन भयावह बन्दै, ४ हजार ३ सय ६४ जना सङ्क्रमित थपिए, १८ को मृत्यु

काठमाडौं बैशाख १४,
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जना सङ्क्रमित थपिएका छन् । १४ हजार ६७२ जनाको पीसीआर र परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमित थपिएको जानकारी दिदै स्वास्थ्य मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको जनाएको छ।  त्यस्ते १हजार ९ जनाको एन्टीजेन परीषणको क्रममा १६० मा संक्रमण पुष्टि भएको समेत मत्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा ५५५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएको र यो संगै नेपालमा कोभिड मुक्त हुेको सख्या २ लाख ७८ हजार ५०६ पुगेको जानकारी दिएको छ।

साथै वितेको २४ घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको जनाउदै नेपालमा हालसम्म ३ हजार १९४ जनाको मृत्यु भएको २६ हजार २२५ जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ।