शनिबार, बैशाख ८, २०८१

३ हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि, १२ को मृत्यु

काठमाडौ बैशाख १३,
पछिल्लो २४ घण्टामा देशभरिमा ३ हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर पिसिआर प्रविधिबाट १२ हजार ४०० र एन्टिजिन विधिबाट ८९३ गरी जम्मा १३ हजार २९३ को परीक्षण गर्ने क्रममा उक्त सख्यामा संक्रमितको पहिचान भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो डेटा अनुसार संक्रमित मध्ये २६८ आइसियु र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको    र काठमाडौँ, भक्तपुर,  ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देही लगायतका जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा  प्राप्त रिपोर्टमा  उल्लेख भएअनुसार   संक्रमिणका  कारण    मृत्यु हुनेको   सङ्ख्या १२ रहेको समेत मन्त्रालयले जनाएको छ।