शुक्रबार, बैशाख ७, २०८१

सङ्क्रमणको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिनआवश्यक उपाय अपनाउँ : सभापति देउवा

काठमाडौ बैशाख १३,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गर्नुभएको छ ।

त्यस्तै सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै सङ्क्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकारलाई गम्भीर ध्यानकर्षण गराउदै सङ्क्रमितको उपचार गर्न मुलुकको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको उल्लेख बताउुभएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा आम नागरिकहरूलाई कोभिड–१९ को सङ्क्रमणवाट सुरक्षित राख्न कोरोनाविरुद्धको खोप सबैभन्दा भरपर्दो उपाय भएको उल्लेख गर्दै त्यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको जिकिर गर्नुभएको छ । मित्रराष्ट्र भारत र चीनबाट निःशुल्क प्राप्त खोपका कारण स्थिती केहि सहज भएको जनाउ दिदै दुवै मित्रराष्ट्रलाई धन्यवादसमेत दिनुको अलावा भएको छ । सभापति देउवाले देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न अझ ठूलो सङ्ख्यामा खोपको आवश्यकता रहेकाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनैतिक सक्रियता बढाउन समेत सरकारसँग माग गर्नुभएको छ । साथै कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सङ्क्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि सम्पूर्णमा उहाँले अनुरोध गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031