शनिबार, बैशाख ८, २०८१

सार्वजनिक कार्यक्रम नगर्न ,नगराउन तथा सहभागी नहुन मन्त्रालयको आग्रह

काठमाडौं बैशाख १२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । जारी सूचनामा मन्त्रालयले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन तथा सार्वजनिकस्थलमा कुनै गतिविधि भए खबरदारीसहित कारबाहीको दायरामा ल्याउन आग्रह गर्दै आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न समेत आग्रह गरेको छ ।

मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले हाल छिमेकी देशमा स्वास्थ्य सेवा प्रवाह प्रणाली तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र सङ्क्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न नसकिएको सन्दर्भ पेश गर्दै सबैलाई भौतिक दूरी कायम गर्न र हातको सरसफाइमा ध्यान दिन जारी सूचनामा मार्फत आग्रह गर्दै

पछिल्लो सङ्क्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्तै जोखिमपूर्ण रहेको र हालसम्म कोभिडको उपचार गर्न सक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेको उल्लेख गर्दै सङ्क्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक रहेको जिकिर गरिएको छ ।