शनिबार, बैशाख ८, २०८१

काठमाडौंका ११३२ सहित ३ हजार ३२ जना नयाँ सङ्क्रमित थपिए, २८को मृत्यु

काठमाडौं बैशाख १२ ,
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३२ जना नयाँ सङ्क्रमित थपिएका छन । ९ हजार २९२ जनाको पीसीआर र ७८६ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्याका सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

 त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३ लाख ११९ जना पुगेको जनाउदै यसमध्ये काठमाडौं उपत्यकाको ३ जिल्लाका १ हजार ४९८ जना रहेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमका अनुसार काठमाडौंमा सबैभन्दा बढी १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरका ९६ जना रहेको समेत जानकारी दिएको छ ।

साथै मन्त्रालयले यसवीचमा ४५० जना सङ्क्रमित कोभिडमुक्त भएको र योसंगै कोभिडमुक्त हुने २ लाख ७७ हजार ५७३ पुगेको जानकारी दिनुको अलावा वितेको २४ घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि गर्दै मन्त्रालयले थपिएका मृतकसँगै नेपालमा कुल ३ हजार १६४ जनाको मृत्यु भएको जनाएको छ।