बुधबार, बैशाख १२, २०८१

कोभिड संक्रमणको चपेटामा बालबालिका , आवश्यक सर्तकता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं बैशाख १२ ,
नेपालमा पछिल्लो समय देखिएको कोभिड संक्रमणको चपेटामा बालबालिकाहरु उच्च जोखिममा परेको देखिन्छ । प्राप्त पछिल्ले आकंडा अनुसार पनि देशका कतिपय विद्यालयमा अध्यनरत वालवालिका कोभिड सङ्क्रमित चपेटमा परेको अवस्थाले पनि यस तथ्यलाइ प्रमाणित गरेको छ ।

त्यस्तै शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोभिड पुष्टि भएको र यसमध्ये पनि १० जना विद्यार्थी रहेको अवस्थाले समेत वालवालिका र कोभिडको जोखिमलाइ थप प्रष्ट पारको सम्वद्ध संघसस्थाका अभिमत रहेको पाइन्छ । त्यसो त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका, वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि फेहरिस्त नै सार्वजनिक गर्दै

काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे,बागलुङ, धादिङ,लगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको वालवालिकालाइ कोभिडको जोखिमबाट जोगाउन आवश्यक सर्तकता अपनाउँन आग्रह गरिसकेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार प्राप्त पछिल्लो संक्रमितको आकंडा अनुसार १८ वर्षमुनिका बालबालिकाको सङ्क्रमण दर उच्च हुँदै आएको बालबालिकामा कोभिड विरुद्धको खोप नआइसकेकाले अवस्था आफैमा जटिल बनेको बताउनुभयो । यद्यपी विषम अवस्थाको यस घडिमा बालबालिकाले मास्क लगाउन उनिहरुलाइलाई घर बाहिर जान नदिन आग्रह गर्नुभएको छ।