शुक्रबार, चैत्र १६, २०८०

बैशाख १२ को जस्तो कहालि लाग्दो पिडा कहिले देख्न नपरोस

काठमाडौं बैशाख १२ ,

आज बैशाख १२ अर्थात निमेषभरमै भूकम्पका कारण ६ वर्ष अघि तहसनहस भएको अवस्था । त्यसवेला गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पको समयवधी ६ बर्ष पुगेको छ । भूकम्पका कारण १० लाख निजी घरमा क्षति पुग्नुको अलावा सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो भने असख्य नेपाली र पर्यटकको समेत मृत्यु भएको थियो ।

 त्यस दिनको स्मरण मात्र गर्दा आफैमा कहाली लाग्दो अवस्था थियो । जुन आज यहाँ प्रस्तुत गर्न मनासिव रहेका छन । त्यसवेला भू–कम्प पछि स–साना वालवालिका आफ्ना आमा वावु खोजिरहेका र वृद्धवृद्धा आफ्नो सहारा सन्तान खोजिरहेका कहालि लाग्दा दृश्हरु देखिन्थे । ग्रमिण भेगका गाँउ वस्तिहरु ओत लाग्नलाई त्रिपाल र प्यास मेटाउने एक तुर्को पानीको अभावमा छटपटिएर वसिरहेका दृश्यहरुले आँखा रसाउँदथे । गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर ,धादिङ्ग, रसुवा लगायतका जिल्लाका ति कारुणिक दृश्यले एउटा मानव मन छिाया छिया पारेको छ । राजधानीको सुन्धाराको नौ तल्ले धरहरा वरपरदेखि वालाजु क्षेत्रका वस्तिहरु वचाउ–वचाउको आवाजले गुन्जिरहेका सुनिन्थे । कति च्यापिय कति थिच्चिए कतिले अइय्या पनि भन्न पाएनन् । कतिको त २ दिन, ३ दिन पछि जिवितै उद्धार पनि भयो तर जे देखियो त्यो सबै कहालि लाग्दो थियो । शब्दले वयान गर्न नसकिने थियो । केही विदेशी सञ्चार माध्यमका साथिहरुको व्यवस्थापन र भारतिीय वायु सेनाको सहयोगमा गोरखा र सिन्धुपाल्चोक पुग्दा मन भक्कानियर आँउदथ्यो ।

एउटा हेलिकप्टरमा सबै गाँउलेलाई उठाएर कतै अर्को धर्तिमा लैजाउँ झै लाग्दथ्यो । राजधानीका मैतिदेवि, ठमेल, असन, झोछे जस्ता साना गल्लि भएका वस्ती दोश्रो दिन आइतवार मसानघाट झैं सुनसान भएका थिए । जर्मनका पत्रकार साथिहरुले ड्रोन क्यामेराको मद्दतले कोही जिवितै छन की भनेर आँफु टाढा रहेर ड्रोन क्यामेराहरुलाई गल्लिभित्र पठाएर रिर्मोटबाट दृश्य कैद गरिरहेका थिए । सबै भन्दा बढी त पशुपति आर्यघाटमा सामूहिक रुपमा भइरहेका दाहसंस्कारका दृश्यले मुटु टुक्रा–टुक्रा पारेको थियो । आकाशमा मडरिएको कालो वादल मन भित्र पनि मडारिइरहेको हुन्थ्यो । कतै हेलिकोप्टर ल्याण्ड हुन सक्दैनथ्यो त कतै ल्याण्ड भए पनि फेरी उड्न समस्या हुनथ्यो । लगातारको वर्षा सहित प्रतिकुल मौषम अनि राहतका सामाग्रीको अभावले पीडामाथि वज्र प्रहार गर्दथ्यो । यत्र तत्र सर्वत्र अभाव पिडामा थियो। त्यसवेला सवैले भन्ने गर्थे यस्तो पिडा कहिले देख्न नपरोस…….

यसैवीच आज बैशाख १२ गते गएको महाभूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि आइतबार मनाइँदैछ ।यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।