शुक्रबार, चैत्र १६, २०८०

अनिवार्य माक्सको प्रयोग गर्न आग्रह गर्दै ट्राफिक प्रहरी महाशाखाद्दारा सचेतनामूलक अभियान सञ्चालन

काठमाडौ बैशाख १०,
ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोभिड कहरालाई न्यूनिकरण गन चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गर्दै आजदेखि सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।

त्यस्तै महाशाखाले सार्वजनिक सवारी साधनमा कोभिड सङ्क्रमणको सम्भावना बढी रहेकाले माक्सको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिदै पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।