शुक्रबार, चैत्र १६, २०८०

२ सय६५ सदस्यीय एमाले महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन, कुन जिम्मेवारीमा को ?

काठमाडौ बैशाख १०,

सत्तारुढदल नेकपा एकालेको आसन् १०औँ राष्ट्रिय महाविधेशन लक्षित हुँदै महाधिवेशन दुई सय ६५ सदस्यीय आयोजक कमिटी सदस्यको कार्यविभाजन बाँडफाँड गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँड गरेको हो ।

विभाजित कार्य विधाजन अनुसार पार्टी अध्यक्ष केपी ओली पार्टी स्कुल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र सहइन्चार्ज उपत्यका विशेष कमिटी, विष्णुप्रसाद पौडेललाई सङ्गठन विभाग प्रमुख र अर्थ तथा योजना विभागको जिम्म्ेवारी तोक्दै गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाइ कुनै जिम्मेवारी तोकेको छैन ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापालाई वाग्मती प्रदेशको इन्चार्ज र राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसँगै उद्योग तथा वाणिज्य विभाग प्रमुख, नेपाल उद्योग व्यवसाय महासङ्घको इन्चार्जको जिम्मेवारी दिएको छ भने प्रभु साहलाइ सहरी विकास विभागको प्रमुख, पेशागत महासङ्घ नेपाल इन्चार्ज र नेपाल बुद्धिजीवी परिषद् इञ्चार्ज तथा टोपबहादुर रायमाझीले मोर्चा सङ्गठनको इन्चार्जको जिम्मेवारी दिएको छ।

साथै प्रचार विभभागको जिम्मेवारीमा प्रदीपकुमार ज्ञवालीलाइ , सुभास नेम्बाङ प्रदेश नं.१ को इन्चार्ज र संसदीय विभाग प्रमुख, डा राजन भट्टराई विदेश विभाग प्रमुख र प्रवास क्षेत्र इन्चार्ज, विष्णु रिजाललाई विदेश विभाग उपप्रमुख, अग्निप्रसाद खरेल निर्वाचन विभाग प्रमुख र विष्णुप्रसाद रिमाललाई आर्थिक विभाग प्रमुख तथा नेपाल ट्रेड युनियन महासङ्घ इन्चार्जको जिम्मेवारी तोकिएको छ । त्यस्तै सूर्य थापालाइ प्रचार तथा प्रकाशन विभाग उपप्रमुख संगै प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी दएको छ ।