बिहिबार, चैत्र १५, २०८०

स्वयम्भूमा हाउस पुलिङ् मार्फत पुननिर्मित १७ घरको पुननिर्माण सम्पन्न

काठमाडौ बैशाख १०,

स्वयम्भू स्तुप परिसरका १७ वटा घर एकीकरण गरेर पुननिर्माण सम्पन्न गरिएको छ । ०७२ सालको भूकम्पले जीर्ण भएका वुद्धाचार्य परिवारका ती घर बैशाख १३ गते घरधनीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पुननिर्माण बारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईएको छ।

स्वयम्भू पुननिर्माण समिति एवं वडा न १५ का अध्यक्ष ईश्वरमान डंगोलले पुननिर्माणका बारेमा जानकारी दिँदै काठमाडौ महानगरको पहिलो योजना अन्र्तगत ‘स्वयम्भूका पुजारीका रुपमा सदियौँदेखि बस्दै आएका वुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुननिर्माण २ बर्षमा सकिएको छ । घरहरुलाई एकीकरण गरेर (हाउस पुलिङ् प्रणालीबाट) सञ्चालन गरिएको हो । त्यस्तै उहाँले पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको जनाउ सहित यसरी निर्माण गरिएको घरको किनवेच नहुने  नहुने तर पुस्ताहरुमा हक हस्तान्तरण मात्र हुने बताउनु भयो ।

वडा १५ का सदस्य आनन्द गौत्तमकाअनुसार पुननिर्माणका लागि करीव १७ करोड लागत अनुमान गरिएको थियो । जसमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुननिर्माण सम्पन्न हुने चरणमा पुगेको हो । यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले व्यहोर्नु भएको बताउन’भयो ।