मङ्लबार, बैशाख ११, २०८१

मन्त्रीपरिषद बैठकको  निर्णय अनुरुप सुरक्षाका सबै मापदण्ड अपनाउँदै केबलकार संचालन गरिने

काठमाडौ बैशाख १०,
२०७६ मा कोभिड कहर बढ्दै गर्दा सरकारले बन्दाबन्दी घोषणा गर्नु दुई दिन अगाडी नै सर्वसाधरणको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै मनकामना दर्शको लागि सञ्चालमा आएको नेपालको पहिलो  केबुलकारका सञ्चालक  मनकामना दर्शन प्रालिले  आफ्नै तर्फबाट सेवा बन्द गर्दै सामाजिक उत्तरदायित्व वहन गर्न किन्चित पनि विचलित नभएको  तत्कालीन अवस्था प्रति जो कोहि पनि जानकार नै छ । तर  यसपटक    मनकामना दर्शन प्रालिले यसपटक सुरक्षाका सबै मापदण्ड अपनाउँदै केबलकार संचालन हुने बताउनुभएको छ ।

 पछिल्लो समय कोभिड कहरको दोस्रो लशर बढेको र यसले थप जोखिम सिर्जना गर्ने भन्दै गोरखा जिल्ला प्रशासन कार्यालयले केबुलकार संचालनका कारण भिडभाड बढ्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले बन्द गर्न केबुलकार सेवा बन्द गर्न निर्देशन दिएसंगै केवुलकारका संचालक राजेश बाबु श्रेष्ठले मन्त्रीपरिषदको निर्णयका आधारमा  सुरक्षाका सबै मापदण्ड अपनाउँदै मन्दिरमा बाहिरबाट दर्शन मात्र गर्ने व्यवस्था मिलाउँदै    केबलकार संचालन गरिरहेको प्रस्पष्टिकरण सहित   केबलकार संचालन भइरहेको बताएका छन्।

यद्यपी मन्त्रीपरिषदकै निर्णय अनुसार सेवा बन्द गर्न निर्देशन दिएको अवस्थामा हामी त्यसको पालना गर्न तयार छौँ। तर मन्त्रीपरिषदकै निर्णयको मर्म वमोजिम हामीले स्वास्थ्य सुरक्षा अवलम्बनसहित सेवा यथावत् राख्न खोजेको जनाउ दिनुभएको हो ।

त्यस्तै उहाँले प्रस्तुत प्रसंगमा फेसबुकु पेजमार्फत सरकारको निर्णयानुसार सार्वजनिक यातायातमा जस्तै स्वास्थ्य मापदण्ड तोकि संचालन ब्यबस्था भएको छ। केबुलकारमा समेत यही व्यवस्था लागू भएको अभिव्यक्ति दिु भएको छ। साथै मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नुपर्छ भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेश बर्खिलाफ रहेको भन्दै मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रबेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकार र ब्यावसायिक अधिकारमा ठाडो हस्तक्षेप हुने जनाउ समेत दिनु भएको छ।

त्यस्तै सञ्चालक श्रेष्ठले सामाजिक सञ्जाल मार्फत गोरखकाली मन्दिरमा पुजा बन्द हुँदैमा गोर्खा बजारमा प्रवेश बन्द गर्न पशुपति मन्दिर बन्द गर्दा पशुपति क्षेत्रनै प्रबेश निषेध गर्ने हो त भन्ने प्रतिप्रश्न सहित तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्दै निर्वाद रुपमा काम गर्न पाउनु पर्ने जिकिर गर्नुभएको छ।