बिहिबार, बैशाख १३, २०८१

पिडानको मौजुदा विधान परिस्कृत , देशैभरका औषधिका थोक व्यवसायी अपनत्वको सूत्रमा गोलवद्ध हुँदै

काठमाडौं बैशाख १०,
औषधिका थोक व्यवसायीहरुको कर्म क्षेत्रलाइ थप सवलीकरण गर्नका लागि संघको मौजुदा विधानमा परिस्कृत सहित संशोधन गरिएको छ ।पर्यटकिय नगरी पोखरामा गत बैशाख ३ र ४ गते संघको यसअघि विस्तारित सवै प्रादेशिक पदाधिकारीको उपस्थितीमा सम्पन्न   विधान अधिवेशन मार्फत औषधिका थोक व्यवसायीको सांगठनिक संरचना देखि व्यवसायीक कारोवारको क्षेत्रमा देखिदै आएको समस्यालाइ समेत सम्बोधन गरिएको केन्द्रीय सचिवालयले जनाएको छ।

प्राप्त जानकारी अनुसार व्यववसायिक रुपमा औषधिको बजारमा देखिएको व्रेकेज एक्सापाएरी र बाह्रे कम्पनीको तर्फबाट आयात हुने औषधि संगै नेपाली औषधि उत्पादक कम्पनी , आयातकर्ता र औषधिका थोक व्यवसायीवीच वेला वखत देखिैदै आएको यो वा त्यो समस्या समेतको सम्बोधनका लागि बैधानिक अधिकारको व्यवस्था गर्दै सर्वपक्षिय व्यवसायिक कल्याणको मार्ग अख्तियार गरिएको संघले जनाएको छ ।

त्यस्तै व्यवसायीको लगानी सुरक्षणको लागि नियमक नियकायको समन्वयमा अधिकार सम्पन्न समाधान पोर्टलको अवधारण कार्यान्वयन गर्ने सम्मको मार्ग पहिल्याउन सकिने दफागत व्यवस्था समेत विधानमा समाविष्ट गरिएको बुझिएको छ । समग्रमा परिस्कृत संघको मौजुदा विधानले देशैभरका सम्पूर्ण औषधिको थोक व्यवसायीलाइ अपनत्वको सूत्रमा गोलवद्ध गर्दै यो वा त्यो र मेरो वा तेरो भन्ने भावना अन्त्य गर्दै सिङ्गो औषधि थोक व्यवसायीको गरिमा र मर्यादालाइ मिराकल प्रारुपमा सम्बोधन गर्ने संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले बताउनुभयो ।